दुई सय रुपैयाँको प्याक किन्दा ३ जिबी डाटा, २ सय मिनेट भ्वाइस कल फ्रि

nepal-telecom
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल टेलिकमले हालै सस्तो दरको भ्वाइस प्याकका साथै नि:शुल्क भ्वाइस प्याक योजना सार्वजनिक गरेको छ।

नयाँ बर्षको अवसरमा टेलिकमले नयाँ बर्षको लागि स्किम ल्याएको हो । कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । यो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्कभित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ।

प्याकको अवधि खरिद गरेपछि ५ दिनसम्म रहने छ। योे प्याक २०७५ चैत ३० देखि बैशाख २ सम्म खरिद गर्न सकिने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्