प्रधानमन्त्री ओलीसहित नेकपाका शीर्ष नेता मध्यरातमा चन्द्रागिरी

oli prachand
लाेकपाटी न्यूज

काठमाडौं, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरु चन्द्रागिरी पुगेका थिए । उनीहरु बिहीबार बैठकका लागि चन्द्रागिरी पुगेका हुन् ।

बिहीबार मध्यरातसम्म प्रधानमन्त्रीसहित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल, नेकपा महासचिव विष्णु पौडेल लगायतका नेताहरु चन्द्रागिरीमा छलफलमा व्यस्त थिए । स्रोतका अनुसार पार्टी एकता लगायतका विषयमा छलफल गर्न उनीहरु चन्द्रागिरी पुगेका हुन् ।

बैठकमा पार्टीभित्र देखिएको विवादलाई कसरी मिलाएर एकता सम्पन्न गर्ने भन्ने विषयमा छलफल केन्द्रीत थियो ।
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण, चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण लगायतको विषयमा पनि छलफल केन्द्रीत रहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्