बँदेल आक्रमणबाट ९ घाइते : बँदेल कति खतरनाक ?

badel
लाेकपाटी न्यूज

बर्दिवास, २९ चैत। महोत्तरीको बर्दिवास नगरपालिका ९ पशुपतिनगरमा जंगली बँदेलको आक्रमणबाट ९ जना घाइते भएका छन्। ४ जनाको अवस्था गम्भीर रहेको छ।

गम्भीर घाइते हुनेमा बर्दिबास नगरपालिका पशुपतिनगरका ३० वर्षीय घुरनीदेवी महतो, कालाबत्ति देवी महतो, १९ वर्षीय सुवास आले र श्रवण महतो रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

गम्भीर घाइतेको जनकपुर अञ्चल अस्पताल उपचार भइरहेको छ। सामान्य घाइतेहरुको भने बर्दिवासस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

पशुपतिनगरमा खेतीबालीमा नोक्सान पुर्‍याएपछि धपाउने क्रममा उनीहरुलाई बँदेलले आक्रमण गरेको स्थानीयले बताए। केही व्यक्तिलाई भने बँदेलले घरमै आक्रमण गरेकोे इलाका प्रहरी कार्यालय बर्दिवासले जानकारी दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्