नेपाली चेली स्वेच्छा पोख्रेलको टीमको नयाँ वैज्ञानिक खोज

SwechhaPokharel
लाेकपाटी न्यूज

काठमाडौं। संयुक्त राज्य अमेरिकास्थित वासिङ्टन राज्य विश्वविद्यालय अन्तर्गतको भेटिनरी औषधालय र कलेज अफ फार्मेसी तथा फरमास्युटिकल साइन्सका वैज्ञानिकहरुले मानिस र जनावरमा हुने सुजनको उपचरार्थ एक नवीन खोज गरेका छन्।

उक्त खोजमूलक लेख नेचर कम्युनिकेशन नामक प्रतिष्ठित जर्नलमा प्रकाशित भएको हो । एघार जना वैज्ञानिकहरुको समूहमा नेपाली चेली स्वेच्छा पोख्रेलको महत्वपूर्ण योगदान रहेको उक्त विश्वविद्यालयले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ।

खोजका सम्बन्धमा प्रष्ट्याउँदै खोजको नेतृत्व गरेका प्रोफेसर बोस भन्छन्, “सुजन हाम्रो शरीरका लागि अत्यन्त आवश्यक रहेको छ। यसको अस्तित्व बिना मानिसको देहान्तसम्म हुनसक्छ। यसले प्राणीलाई बचाउन पनि सक्छ र साथसाथै नष्ट समेत गर्न सक्छ। डायबेटिज, अल्जाइमर, क्यान्सर, निमोनियाजस्ता रोग तिनै हुन्, जसको निदान सुजनबाटै सम्भव रहेको छ। तर, सुजन प्रक्रिया अनियन्त्रित हुन पुगेमा यसले प्राणीको ज्यान नष्ट समेत गरिदिन्छ।”

वैज्ञानिकहरुले प्राणीको शरीरमै प्राकृतिक रुपमै प्राप्त हुने कोलेस्टोरलको परिमार्जित रुपको अन्वेषण गरेका हुन्। यो कोलेस्टोरलले जीव कोषिकाको सतहलाई आवद्ध गर्ने गर्दछ, जसलाई इन्टेग्रिन्स पनि भनिन्छ । आवद्ध भइसकेपश्चात् कोषिकालाई संकेत गर्दछ र सुजनका लागि प्रेरित गर्दछ।

यसरी रोग निवारणमा उक्त वैज्ञानिक खोजले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास लिइएकोछ । बोसकी छात्रा स्वेच्छा पोखरेल उक्त खोजको प्रथम लेखिका रहेकी छिन्। “विद्यावारिधि गर्नुपूर्व नै प्रथम लेखिका हुन सक्नु प्रथमतः असामान्य क्षमता हो। पोख्रेलको उच्च बौद्धिकता र विश्वविद्यालयको मेहेनत रहेको छ,” प्राफेसर ब्रायन स्लिन्कर बताउँछन्।

पोख्रेलले यसै वर्षको अन्तसम्म विद्यावारिधि हासिल गर्नेछिन्। “मेरो ईच्छाशक्तिलाई पहिचान गरी आ–आफ्नो विशेषज्ञता प्रदान गर्न तत्पर वैज्ञानिकहरुको यस प्रकारको साझेदारी खोजमा सहभागी गराउनुभएकोमा प्रोफेसर बोसप्रति निकै आभारी रहेको छु”, स्वेच्छा पोख्रेल भन्छिन्।

अंग्रेजीमा जर्नलमा प्रकाशित समाचार पढ्नका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्