सूडानमा सैन्य ‘कू’, राष्ट्रपति बशीर गिरफ्तार

omar
लाेकपाटी न्यूज

काठमाडौं, २९ चैत। सूडानमा तीन महिनाको संकटकाल घोषणा गरिएको छ । सन् १९८९ देखि नै सूडानमा राज गरिरहेका बशीरविरुद्ध केही महिनादेखि लगातार प्रदर्शन भइरहेको थियो।

तीन दशकसम्म सत्तामा रहने सूडानका राष्ट्रपति ओमर–अल बशीरलाई सत्ताच्यूत गरिएको छ। रक्षा मन्त्रालयले उनलाई पक्राउ गरिएको जानकारी दिएको छ। सुडानका रक्षामन्त्री अहमद अवाद इब औफले सरकारी समाचार च्यानलमा सेनाले दुई वर्षपछि चुनाव गराउने निश्चय गरेको बताएका छन्।

रक्षामन्त्री इब औफले आफ्नो बयानमा भनेका छन, ‘एक रक्षामन्त्रीको हैसियतले म देशमा संकटकालको घोषणा गर्दछु र सरकारका मुखियालाई सुरक्षित स्थानमा हिरासतमा राखिएको छ। ’ उनले भने, ‘देश कुप्रबन्धन, भ्रष्टाचार र अन्यायको शिकार थियो।’ उनले हत्या र हिंसाका लागि पनि माफी मागे। यस्तै,प्रदर्शनलाई संगठित गर्ने प्रमुख गुटले सैन्य कू पश्चात् पनि प्रदर्शन जारी राख्ने घोषणा गरेका छन्।

यो खबर सार्वजनिक भएलगत्तै राजधानी खार्तूममा सेना मुख्यालयका अगाडि थुप्रै दिनदेखि प्रदर्शन गरिरहेको भीडमा खुसीको लहर छाएको छ। सरकारी एजेन्सीका अनुसार सूडानको गुप्तचर एजेन्सीले उनीहरु सबै राजनीतिक बन्दीलाई रिहा गर्न लागेको बताएका छन्।

इन्टनेशनल क्रिमिनल कोर्ट (आईसीसी) ले बशीरविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनीमाथि सूडानको पश्चिमी इलाका दारफुरमा युद्ध अपराधलाई संगठित गरेको र मानवाधिकारी उल्लंघनको आरोप छ। समाचार एजेन्सी एएफपीका अनुसार यसै इलाकामा सेनाको मुख्यालय पनि छ र बशीरको नीजि निवास पनि छ। केहीबेर पछि सरकारी टिभी र रेडियो प्रसारण बन्द भयो र सेनाले एउटा सन्देश दिने घोषणा ग¥यो।

प्रदर्शनकारीले खातूममा एक ¥याली निकालेको छ जसमा ‘सैन्य ‘कू’ भयो, हामीले जित्यौं नारा थियो।’ प्रदर्शन गर्ने प्रमुख गुट सूडानीज प्रोफेशनल्स असोसिएशन (एसपीए) ले सैन्य कूविरुद्ध बयान दिएका छन्।

बयानमा भनिएको छ, ‘सेनाले कूको घोषणा गरेको छ तर त्यसमा त्यही अनुहार र संस्था छन् जसविरुद्ध हाम्रा महान जनताले विद्रोहकामे बिगुल फुेकेका थिए।’ एसपीएले प्रदर्शन जारी राख्ने घोषणा गरेको छ। (एजेन्सी)