अब कर्मचारी प्रदेश र स्थानीय तहबाट बढुवा हुने

लाेकपाटी न्यूज

काठमाडौं, २८ चैत। सरकारले कर्मचारीलाई प्रदेश र स्थानीय तहबाट बढुवा भएर संघमा आउने व्यवस्था गर्न थालेको छ। समायोजनपछि सरकारले कर्मचारीलाई प्रदेश र स्थानीय तहबाट बढुवा भएर संघमा आउने व्यवस्था गर्न थालेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रदेश निजामती सेवा र स्थानीय सेवा सन्चालनसम्बन्धी मापदन्डमा समायोजनपछि पनि कर्मचारी प्रदेश र स्थानीय तहमा खुलाबाहेक अन्य तरिकाबाट संघमा आउने व्यवस्था गरिएको मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले जानकारी दिए।

मन्त्रालयले प्रदेश र स्थानीय तहको सेवासम्बन्धी मापदन्डको मस्यौदा तयार पारेर छलफलका लागि कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाएको छ। मापदन्डमा प्रदेशभित्रकै स्थानीय तहमा सरुवा हुने, प्रदेशभित्रका मन्त्रालयमा समेत सरुवा हुने लगायतका व्यवस्था गरिएको छ।

निमित्त सचिव अधिकारीले ती मापदन्ड मन्त्रिपरिषद्बाट स्वीकृत गराएर प्रदेश र स्थानीय तहमा पठाइने जानकारी गराए।मन्त्रालयले तयार पारेको प्रदेश र स्थानीय तहको सेवा सन्चालनसम्बन्धी मापदन्डका आधारमा प्रदेश निजामती सेवा ऐन र स्थानीय तह सेवा सन्चालन ऐन बनाउनेछन्।

प्रदेश र स्थानीय तहले मापदन्डलाई हुबहु वा परिमार्जन गरेर कर्मचारी सेवासम्बन्धी ऐन बनाउन सक्ने उनले जानकारी गराए। अहिले प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा–सुविधा, सर्तसम्बन्धी कानून रहेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्