क्षेत्रीय प्रशासन कार्यालय खारेज

cabinet-pm-office-1
लाेकपाटी न्यूज

काठमाडौ, २८ चैत । सरकारले क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको छ। सरकारले देशमा भएका पाँचै विकास क्षेत्रमा रहेका क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरेको हो।

मन्त्री परिषद बैठकले यसअघि रहेका पाँचै विकास क्षेत्र (हेटौंडा, धनकुटा, पोखरा, दिपायल र सुर्खेत) मा रहेका क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले खारेज भएका पाँचै कार्यालयमा रहेका सबै सम्पत्ति सम्बन्धित प्रदेशको मुख्यमन्त्री कार्यालय मातहत जाने जानकारी दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्