काठमाडौं, २८ चैत। नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ तोलामा रु एक सयले बढेको छ।
बुधबार तोलामा ६० हजार १सय मा कारोबार भएको सुनको भाउ बिहिबार १सय बढेर तोलामा ६० हजार २०० पुगेको हो। यस्तै बिहिबार तेजावी सुन ५९ हजार ९ सयमा कारोबार भइरहेको छ।
यस्तै चाँदी बिहिबार तोलामा ७ सय ३० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार पनि चाँदी यही भाउमा कारोबार भएको थियो।



लाेकपाटी न्यूज
