डाक्टरलाई कारवाही गर्न सुरु भयो : मन्त्री पण्डित

lalbabu pandit
लाेकपाटी न्यूज

कैलाली, २८ चैत। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बल प्रयोग गरेर भए पनि देशभरका अस्पताल संचालन गर्ने बताएका छन्।

प्रेस क्लव धनगढीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार कसैको पनि दया माया नगरेर कडा रुपमा प्रस्तुत हुने बताए। पेशागत मर्यादा भन्दा बाहिर गएर राखेको माग पुरा नहुने बताउँदै उनले डाक्टरहरुले संघ रोज्नुको कारण साइन बोर्ड देशभर राख्ने तर आफु काठमाडौँमा बस्ने योजना रहेको आरोप लगाए।

राष्ट्रको सामु खाएको सपथअनुसार अगाडि नबढेमा सरकारले कारवाही गर्ने बताउदै उनले सरकारले सेवा सुविधासहित पठाएको ठाउँमा डाक्टर जानुपर्नेमा जोड दिए। मन्त्री पण्डितले कानुन अनुसार सरकारले डाक्टरलाई कारवाही गर्न सुरु गरिसकेको बताए।

अब बल प्रयोग गरेर अस्पताल संचालन गर्ने बताउदै उनले डाक्टरलाई बोलाएर सबै प्रश्नको सुनुवाई सरकारले पहिले नै गरिसकेको बताए।

देशलाई संघियतामा लैजानु सामान्य कुरा नभएको बताउँदै मन्त्री पण्डितले कर्मचारी समायोजनपछि नपुगेका स्थानिय तह तथा प्रदेशमा करारमै पनि कर्मचारी भर्ना गरेर पदपूर्ति गरिने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्