यसरी गर्छ ड्रोनले आकाशमा उडाउँदै सामान डेलिभरी

Drown2
लाेकपाटी न्यूज

काठमाडौं । विश्वका कैयौँ मुलुकमा अचेल ड्रोन र रोबोटले विभिन्न काम गर्न थालेका छन् । जुन कामका लागि पहिला मानिसको आवश्यकता पर्थ्याे, अहिले ती कामहरु ड्रोन र रोबोटले गरिरहेका छन् ।

कतिपय मुलुकहरुमा ई कमर्स, अनलाइन शपिङ र खुद्रा क्षेत्रका अधिकांश कम्पनीहरुले केही काममा ड्रोन र रोबोटको प्रयोग गरिरहेका छन्। तिनीहरुले सामान प्याकिङ गर्ने काम गर्छन्, ठीक तरिकाले सामान राख्छन् र हरेक सामानको विवरण पनि राख्छन्।आधुनिक यन्त्रहरुको सहयोगमा ती कामहरु तुलनात्मक रुपमा छिटो हुने गरेका छन्। सयजना मानिसले गर्ने काम त्यही समयभित्र दुईवटा ड्रोनले गर्नसक्छन् ।

तर, हालै गुगलले पनि ड्रोनमार्फत सामान डेलिभरी गर्ने सेवा शुरुवात गरेको छ । अष्ट्रेलीयाको राजधानी क्यानबेराबाट पहिलोपटक ड्रोन बाट सामान ढुवानी सेवा शुरु गरेको छ । अष्ट्रेलीयाको सिभिल एभिएशन अथोरिटी सेफ्टी प्रोटोकोल बाट उडान अनुमती पाएपछि यो ड्रोन डेलिभरि शुरु भएको हो । अब सामान आकाशबाटै उडाएर चाहिएको ठाँउमा चालक र मानव नभएको विमान मार्फत डेलिभरि शुरु गरिनेछ ।

गुगलको अभिभावक कम्पनी अल्फावेटाले यो सेवालाई विगं नाम दिएको छ, चक्काबाट पखांसम्मको ढुवानी रुपान्तरणलाई विगं भनि सम्वोधन गरिएको छ । अब सामान डेलिभरीकालागि जमिन हैन आकाशमा हेर्नु पर्ने हुन्छ ।

लगभग आधा बिलियन अष्ट्रेलीयन डलरको ब्यापार अपेक्षा गरिएको यस सेवाले विश्वभरि लोकप्रीयता पाउने लगभग निश्चित छ तथापि उड्ययन अनुमती र सुरक्षा संयन्त्रको प्रावधानमा देशको नियम अनुसार यस ढुवानी पद्धतीको प्रयोगमा फरक पर्न सक्दछ ।

नेपाल जस्तो भौगोलिक कठिनाई भएको देशमा यसप्रकारको सुविधा अझै प्रभावकारी हुने देखिन्छ । अब हेरौं आँउदा दिनमा यस ड्रोन डेलीभरिले कस्तो स्वरुप लिने हो ?

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्