काठमाडौं, २८ चैत। नेपालले सगरमाथाको उचाइ मापन सुरु गरेको छ। नेपालले पहिलोपटक आफ्नै लगानीमा सगरमाथाको उचाइ मापनको शुरु गरेको।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागका प्राविधिक टोलीहरू विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्न बुधबार प्रस्थान गरेको छ।
मन्त्रालयले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले टोलीलाई शुभकामना दिएर पठाएका छन्। प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रवीन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको उचाइ मापन गर्नेछन्।
पिक प्रमोशन प्रालिका छिरिङ जाङ्बु शेर्पाको नेतृत्वमा पेमा ङिमा शेर्पा, आङ्बु शेर्मा, आङ पासाङ शेर्पा र केशव पौडेलले उक्त कार्यमा गाइडको काम गर्नेछन्।



लाेकपाटी न्यूज

