कांग्रेसभित्रकाे भ्रष्टाचार राेकिनुपर्छ : प्रकाशमान सिंह

prakashman sinha
लाेकपाटी न्यूज

काठमाडौं, २८ चैत । नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षको तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा शुरु हुँदैछ । शुक्रबारसम्म चल्ने सम्मेलनका लागि काँग्रेस जिल्ला कोषाध्यक्ष पोखरामा भेला भएको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए ।

सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने छन् । भेलामा सहभागी हुन पोखरा पुगेका नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पार्टीको आर्थिक गतिविधि पारदर्शी बनाउन आग्रह गरेका छन् ।
जनमानसमा सकारात्मक प्रभाव पार्ने गरी काम गर्नसके झनै प्रभावकारी हुने उनको भनाइ छ ।

उनले सरकार यतिबेला जनवादी केन्द्रीयता लागू गर्न उद्दत रहेकोले सरकारका जनविरोधी गतिविीधविरुद्ध चनाखो भएर लाग्नु पर्ने उनले बताए । सरकारका हरेक गतिविधी मुलुकको हित विपरित हुँदै गएको र भ्रष्टाचारमा लिप्त हुँदै गएकाले शसक्त रुपमा प्रतिवादमा उत्रनुको विकल्प नभएको उनले प्रष्ट पारे ।

नेता सिंहले सरकारका हरेक निर्णय संविधानको मर्म र भावना विपरित हुँदै गएको बताए । सरकार विधि र प्रक्रियालाई लत्याएर अगाडि बढिरहेकाले काँग्रेसले यसलाई टुलुटुलु हेरेर बस्न नसक्ने उनको भनाइ छ । उनले सरकारका गतिविधिले दलहरुबीचको विश्वास घट्दै गएको र दुई दम्भमा मनोमानी किसिमले चलिरहेको बताए ।

पार्टीको आन्तरिक जीवन पुनर्ताजगी बनाएर निर्णय प्रक्रियालाई विधि प्रक्रियासम्वत गर्दै जान नसके वर्तमान चुनौतिको सामना गर्न नसकिने उनको भनाइ छ । काँग्रेसले इतिहासको कुरा मात्र नगरी यस पार्टीमा लाग्दा भविश्य पनि राम्रो छ भन्ने विश्वास नागरिकलाई दिलाउन सक्नुपर्ने बताएका छन् ।

जनताले आशा भरोसा गरेको पार्टीप्रतिको आकर्षण किन कम हुँदै गएको छ भनने विषय गम्भिर समीक्षाको विषय भएकाले जिम्मेवार रुपमा सोचेर जिल्लाको पार्टी संगठनको काममा लाग्नसमेत कोषाध्यक्षहरुलाई निर्देशन दिएका छन् ।

सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायत केन्द्रीय पदाधिकारीहरुको उपस्थिति रहने छ । सम्मेलनमा जिल्ला–जिल्लामा पार्टीको स्रोतलाई सुदृढ, पारदर्शी र जवाफदेही बनाउन सबै कोषाध्यक्षलाई प्रशिक्षण दिनु नै मुख्य उद्देश्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्