ब्ल्याक होलको तस्बिर सार्वजनिक, के हाे ब्ल्याक होल ?

black hole
लाेकपाटी न्यूज

लण्डन । इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ । ब्ल्याक होलको तस्बिर विश्वका आठवटा टेलिस्कोपको नेटवर्कबाट खिचिएको हो ।

यो पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ । सोबारे एस्ट्रो फिजिक्स जर्नलमा विस्तृत समाचार छापिएको छ । नेदरल्यान्ड्सको रोडबाउन्ड विश्वविद्यालयका प्राध्यापक हेइनो फेल्किलेसो अनुसन्धानको प्रस्ताव गरेका थिए । उनले भने, ‘हामीले जे देख्यौँ त्यो हाम्रो पूरै सौर्यमण्डलभन्दा ठूलो छ ।’

ब्ल्याक होल अन्तरिक्षमा भएको यस्तो गुरुत्वार्कषण क्षेत्र हो जहाँ अत्याधिक गुरुत्वबलका कारण प्रकाश पनि बाहिरिन सक्दैन । वैज्ञानिकहरूका अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ब्ल्याक होलको निर्माण हुन्छ । ब्ल्याक होलको वरिपरि गणितीय हिसाबका आधारमा प्रमाणित गरिएको काल्पनिक सतह हुन्छ र त्यसलाई ‘इभेन्ट होराइजन’ भनिन्छ ।

यो क्षेत्रमा पुगेपछि कुनै पनि वस्तु बाहिर आउन सक्दैन । त्यसैले यो क्षेत्रलाई ‘प्वाइन्ट अफ नो रिटर्न’को संज्ञा दिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्