चितवन, २८ चैत। पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेपछि फरार रहेका बाबु पक्राउ परेका छन्।
बाबुले आफुलाई पटक पटक करणी गरेको भन्दै छोरीले ईलाका प्रहरी कार्यालय खैरहनीमा सोमबार जाहेरी दिएकी थिइन्। त्यस लगत्तै फरार भएका बाबुलाई प्रहरीले नुवाकोटबाट बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम् प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।
नुवाकोटबाट पक्राउ परेका उनलाई बुधबार राती नै चितवन ल्याएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज

