पढ्नुहोस्,तपाईको आजको राशिफल

rasifal-5
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले विभिन्न अवसर जुराउनेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउला। वस्त्र लाभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछ। धार्मिक÷सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समय प्रतिकुल भई कुलतमा मन जानेछ। घर परिवारमा झैँ–झमेलाको अवस्था आउला। लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बोलीको भरमा कार्य सम्पादन हुनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेम र मित्रताको बन्धन कसिने बेला छ। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ। मुद्धा मामिलामा सफलता मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ। धार्मिक÷सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। राज्यबाट मानसम्मान मिल्नेछ। छोटो दुरीको लाभदायक यात्रा हुनेछ। वाहान सुख मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आकस्मिक धन लाभ हुनेछ। विद्या र बुद्धिको विकास हुनेछ। सजिलै अरुको बिश्वास जित्न सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। भौतिक साधन जुटाउने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ। अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ। घरायसी विवादपनि बढ्नेछ। चोटपटक लाग्न सक्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्