काठमाडौं, २७ चैत। प्रधानमन्त्री कार्यालयको जग्गा व्यक्तिको नाममा पास भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति नेकपाका महासचिव विष्णु पौडेलले आपत्ति जनाएका छन्।
भ्रम सिर्जना गर्नेगरी आफ्नो नाम जोडिएकोप्रति नेकपाका महासचिव विष्णु पौडेलले खण्डन गरेका हुन्।
आफूले कानुनबमोजिम दस्तुर बुझाएर मालपोत कार्यालयबाट खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन पास गरी किनेकोले सञ्चारमाध्यममा आएका समाचारका आधारमा भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे।




लाेकपाटी न्यूज

