‘पार्टी एकताको बाँकी काम छिट्टै टुङ्गिन्छ’ : प्रचण्ड

लाेकपाटी न्यूज

चितवन, २७ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको बाँकी काम अब छिट्टै टुङ्गिने बताएका छन्।

चितवनको माडीमा पार्टीका अगुवा कार्यकर्तासँग अन्तक्र्रिया तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। प्रचण्डले माडीमा पार्टी कमिटी निर्माण गरेर जनताको काम मिलेर गरेकोमा स्थानीय नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद समेत दिए।

‘माडीमा गुणात्मक प्रगति हुँदैछ भन्ने सुनाउन पाउँदा मलाई गर्व अनुभूति भएको छ’ उनले भने । अध्यक्ष दाहालले माडीको विकासका लागि रिङ रोड बनाउने, रिउ खोलामा तटबन्ध निर्माण गर्नेदेखि सुकुम्बासी समस्या समाधानका लागि पहल भइरहेको बताए । उनले भने, ‘हाम्रो देशको कर्मचारीतन्त्र पुरानै तर राजनीतिक प्रणाली नयाँ भएको छ। पुरानै कर्मचारीतन्त्र राजनीतिक प्रणाली नयाँ, संविधान नयाँ तर ऐन नियमहरू पुराना हुँदा सरकारलाई निकै धेरै मिहेनत गर्नुपरेको छ। यहाँका जनप्रतिनिधि र पार्टी अध्यक्ष भएको नाताले मलाई पनि निकै मिहेनत गर्नुपरेको छ।’

स्थानीय नेता तथा कार्यकर्ताहरूले पार्टीको स्थिति र स्थानीय समस्याका बारेमा रिपोर्ट प्रस्तुत गरेको थिए। सो अवसरमा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र राप्रपाबाट नेकपामा प्रवेश गर्नेहरूलाई टीका तथा हसिया हतौडा अंकित टोली लगाएर पार्टीमा प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्