केयूकेएलले छलाङ मार्नुपर्छ : मन्त्री बिना मगर

Bina Magar
फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं। खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) हिजोको जस्तो नभई तीब्र गतिले अघि बढ्नुपर्ने बताएकी छिन्।

केयूकेएलको सातौं वार्षिक साधारणसभा समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले केयूकेएलले अब छलाङ मार्नुपर्ने बताइन् । उनले केयूकेएलप्रति जनताको धेरै आशा रहेको बताइन्। मन्त्री मगरले भनिन्, ‘जनताको स्वच्छ खानेपानीको अधिकारलाई केयूकेएलले पूरा गर्नुपर्छ। हिजोजस्तो अवस्थाबाट यो चल्नु हुँदैन, पूरै छलाङ मार्नुपर्ने अवस्था छ।’

केयूकेएलमा स्थानीय नगरपालिका, निजी क्षेत्र र सरकारको लगानी भएकाले खानेपानीमा पनि सुरक्षित लगानी छ भन्ने सन्देश केयूकेएलले दिनुपर्ने मन्त्री मगरको भनाइ छ।

केयूकेएल स्थापना भएको ११ वर्ष पछि खानेपानी मन्त्री मगरले सबै शेयर धनीहरुलाई प्रमाणपत्र वितरण गरिन्। साधारणसभाले केयूकेएलको जारी पूँजी १ अर्ब ५५ करोड पुर्याएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्