म्याग्दी, २७ चैत। पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीको नाउराको भीरबाट लडेर मङ्गलबार बेलुका एक जनाको मृत्यु भएको छ। मुदीको बगरस्थित तातोपानी कुण्डमा नुहाएर गाउँतिर फर्कने क्रममा खिवाङका जीतबहादुर पुनको मृत्यु भएको हो।
भीरबाट चिप्लेका पुन करीब ३ सय मिटर तल खस्दा ज्यान गएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ। आफन्तसँगै तातोपानीमा स्नान गरेर फर्किदै गरेको अवस्थामा लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताए।
पूर्व ब्रिटिस आर्मी समेत रहेका पुन सेवानिवृत्त भएपछि सामाजिक क्षेत्रमा सक्रिय थिए।



लाेकपाटी न्यूज

