काठमाडौं, २७ चैत। संघीय मामिला तथा सामान्य मन्त्रालयका अनुसार संघमा ४८ हजार ४ सय ९ दरबन्दी स्वीकृत भएकोमा ३९ हजार ९ सय ६० कर्मचारी समायोजन भएका छन्।
यसअनुसार संघमा ८ हजार ४ सय ४९ कर्मचारी अपुग छ।७ वटा प्रदेशमा २२ हजार २ सय ९७ कर्मचारी दरबन्दी स्वीकृत भएको छ। तर, १३ हजार ८ सय २१ कर्मचारी मात्र समायोजन भएका छन्। प्रदेशमा ८ हजार ४ सय ७६ कर्मचारी अपुग देखिन्छ। ७ सय ५३ स्थानीय तहमा ६६ हजार ९ सय ८ दरबन्दीमध्ये ४३ हजार ८ सय ७ जना कर्मचारी समायोजन भएका छन्।
स्थानीय तहमा सबैभन्दा बढी २३ हजार १ सय १ कर्मचारी अपुग छन्। मन्त्रालयका अनुसार २ हजार ४ सय ४३ कर्मचारी फाजिलमा छन्। विभिन्न दरबन्दी, सेवा, पद नमिलेका कारण फाजिलमा रहेकालाई सेवा सञ्चालन गर्ने निकायबाट अध्ययन गरी पछि प्रदेश वा स्थानीय तहमा समायोजन गरिने मन्त्रालयले जनाएको छ। (कान्तिपुर दैनिकबाट)


लाेकपाटी न्यूज

