मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ। शत्रु पराजित हुनेछन्। दाम्पत्य जीवन सुखमय हुनेछ। धार्मिक यात्राको योगछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) राजनैतिक कार्यमा बाधा आउनेछ। नाक तथा घाँटीमा समस्या आउला। सामान हराउने योग छ। अभिभावकको आशीर्वादले काम गर्नसक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला। विरोधी तत्व आइपर्ला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक कार्यमा मन जाला। बन्धु–बान्धवबाट सहयोग मिल्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। मित्रबाट विशेष सहयोग मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाम, इनाम र प्रतिष्ठा कमाउने वेलाछ । व्यापार व्यवसायमा फाईदा होला। अरुलाई प्रभावित पारेर काम बन्नेछ। वाहान सुख मिल्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेमीको सहयोग पाईनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। वैदेशिक कार्य अघी बढ्नेछ। सामाजिक कार्यमारुचि बढ्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेममा मनमुटावका साथै मन कमजोर रहला। सामान हराउने वा चोरी हुने भयछ। पारिवारीक झमेला आउला। कष्टकर यात्रा गर्नुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रीय व्यक्तिसंग भेट घाट होला। मिष्ठान्न भोजन मिल्नेछ। व्यवसायबाट लाभ होला। धैर्य गरी मिहिनेत गरेमा कायसिद्धि हुनसक्छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भेटघाट र मनोरञ्जनमा सहभागीता भइएला। शुभकार्यको चर्चा चल्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आत्मिक सन्तुष्टि मिल्नेछ। विद्यामा सफलता पाइएला। नयाँ कामको थालनी हुनेछ। जोश,जाँगर बढ्ला। विवादमा विजयी होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। आर्थिक कारोवारमा मन्दी आउनेछ। कार्य सम्पादनमा समस्या आउला। चिन्ता बढ्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आतिथ्यपूर्ण सम्मान पाइएला। लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ। मित्र संग मीठो भेट–घाट रहला। शुभ–अशुभ समाचार सुनिएला।



लाेकपाटी न्यूज

