काठमाडौं, २५ चैत । नेपाल दलित संघको पाँचौं महाधिवेशन आगामी जेठमा हुने भएको छ । काठमाडौंमा सम्पन्न दलित संघको केन्द्रीय कार्यसमिति बैठकले पाँचौं जिल्ला महाधिवेशन आगामी जेठ २५–२७ मा रुपन्देहीमा सम्पन्न गर्ने निर्णय गरेको हो ।
तीन दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनका लागि आयोजक जिल्लाको समेत सहभागिता रहने गरी पाँच सय ५१ सदस्यीय मुल आयोजक समिति गठन गरेको महासचिव लक्ष्मी परियारले बताइन् । उनका अनुसार बैठकले संघको नीति तथा कार्यक्रम, विधान मस्यौदा सहितका विभिन्न १५ वटा विषयगत समिति पनि गठन गरेको छ । महासचिव परियारले विज्ञप्ति जारी गरेर दलित संघको राष्ट्रिय महाधिवेशनले पार्टीमा नयाँ उर्जा भर्ने बताइन् ।
‘समग्र नेपालको लोकतान्त्रिक आन्दोलनलाई बल पुग्ने गरी मात्र नभई नेपालको सबैभन्दा ऐतिहासिक पार्टी नेपाली कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाईसमेत यस महाधिवेशनले दलित समुदायबीचमा पु¥याई समग्र नेपालको दलित आन्दोलनलाई नयाँ उचाईमा र्पुयाउँदै नेपाली कांग्रेसको मुख्य जनआधार बोकेको भातृ संस्थाको रुपमा गठित नेपाल दलित संघको यस राष्ट्रिय महाधिवेशनले पार्टीमा नयाँ उर्जा भर्ने विश्वास गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।



लाेकपाटी न्यूज

