दुर्घटनामा ४ को मृत्यु

लाेकपाटी न्यूज

धरान, २५चैत। धरानमा सवारी दुर्घना हुदाँ ४ जनाको मृत्यु भएको छ। भेडेटारबाट धरानतर्फ जाँदै गरेको बस जीरो पोइन्ट भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा परि  ४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने दर्जन बढी यात्रु घाइते भएका छन्। ना६ख २७१३ नम्बरको बस ब्रेकफेल भएका कारण अनियन्त्रित भएर पल्टिएको घटनास्थलमा उद्धारका लागि पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरान लगिएको छ। विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्