काठमाडौं, २५ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको उत्पादनले साँच्चै भोकमरी लाग्ने अवस्था नभएको बताएका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले आउँदो चार वर्षमा निरपेक्ष गरिबीलाई इतिहास बनाउने दावी गरे। ‘कृषिमा दुई तिहाइ जनसंख्या अनावश्यक ढंगले अल्झिराखेको छ, यसमा पनि समय अनुकुल लगानी गरेर व्यवसायिक बनाउन जरुरी छ’ प्रधानमन्त्री ओलीले भने।
जिब्रोको स्वादका लागि मात्र खाद्यान्न आयात गर्नुपरेको बताउदै ‘नेपालमा नपुग्ने खालको उत्पादन साँच्चै भोकमरीको अवस्था छैन, धान गहुँ मकै कोदोको उत्पादन भइरहेको छ, त्यो हामीलाई पुग्छ’ उनले भने ‘अरु खोज्नु जिब्रोको स्वादको कुरा हो।’



लाेकपाटी न्यूज

