एजेन्सी । विवहापछि भोज तथा उस्सव मनाउनु स्वभाविक हो । तर, अमेरीकामा एक महिलाले आफ्नो डिभोर्सपछि उत्सव मनाएकी छिन् ।
उनको डिभोर्स उत्सव मनाउने तरिका पनि निकै अनौठो छ । उनले आफ्नो बिहेका फोटो पनि जलाइदिइन् र गज्जबको फोटोशूट गरिन् । उनका डिभोर्स फोटोशूट सोसल मिडियामा भाइरल बनेका छन् । कतिपय मानिसहरुले निकै तारिफ पनि गरेका छन् ।
उनले बिहेको फोटोलाई खुट्टाले कुल्चिएर पनि फोटोशूट गरेकी छिन् । जीवनमा हरेक सम्बन्ध जोडिँदा मात्र होइन तोडिँदा पनि उत्सव मनाउनुपर्ने उनको तर्क छ । सोही कारण आफूले यसरी फोटोशूट गरेको उनी बताउँछिन् ।
आम रुपमा मानिसहरुका लागि डिभोर्स दुखदायी हुन्छ र डिभोर्सपछि उदास र हतास बन्दछन् ।
अमेरिकको साउथ क्यारोलिनामा बस्ने मेरी लोलिसका लागि डिभोर्स जीवनकै खुसीको क्षण बन्यो । उनले डिभोर्सपछि खुब उत्सव मनाइन् । तर, आफ्नो डिभोर्सको फोटोशूट यतिधेरै भाइरल होला भनेर आफुले कल्पना नगरेको उनको भनाइ छ ।



लाेकपाटी न्यूज

