काठमाडौं, २५ चैत। करिश्मरको पुलवामामा आक्रमणपछि भारत पाकिस्तानबीचको अघोषित युद्ध सकिए पनि उनीहरुबीचको तनाव र आरोप प्रत्यारोप भने अझै सकिएको छैन्।
सोमबारमात्र पाकिस्तानले १ सय जना भारतीय कैदीलाई रिहा गरेको छ तर पाकिस्तानले भारतले पुनः आफुहरुमाथि आक्रमण गर्ने षडयन्त्र रचिरहेको दाबी गरेको छ।
पाकिस्तानका बिदेशमन्त्री शाह महमूद कुरैशीले भारतले अप्रिल १६ देखि २० सम्म पाकिस्तानबिरुद्ध पुनः कारवाही भन्दै आक्रमणको तयारी गरिरहेको दाबी गरेका छन्।
कुरेशीले यो दाबी आफुहरुको विश्वासिलो र गोप्य सूचना जानकारले दिएको बताएका छन्। त्यसैले आफुहरु पनि सजग बनिरहेको उनको भनाई छ।



लाेकपाटी न्यूज

