प्रविधियुक्त प्रयोगशाला सञ्चालन

Rapti
लाेकपाटी न्यूज

लमही, २५ चैत। दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रविधियुक्त प्रयोगशाला सञ्चालन हुने भएको छ ।प्रविधियुक्त प्रयोगशाला सञ्चालनका लागि आवश्यक सामग्री खरीदकार्य भइरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए।

“हामीले तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा स्मार्ट ल्याव स्थापना गर्न लागेका छौँ”, उनले भने“त्यसका लागि सामग्री खरीद गर्न बोलपत्र आह्वान गरिएको छ।” करीब रु तीन करोड लागतमा प्रविधिमैत्री प्रयोशाला सञ्चालन हुन लागेको उनले बताए जसमा सबै काम कम्प्युटर प्रणालीबाट हुने उनको भनाइ छ।

“ हामीले तुलसीपुरलाई नेपालकै स्वास्थ्य नगरका रुपमा परिचित बनाउने योजना बनाएका छौँ”, उनले भने, “स्मार्ट ल्याव शुरु हुनेबित्तिकै अमेरिकालगायत ठूला देशमा गरिने ल्याव तुलसीपुुरमै हुन्छ।”

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्