काठमाडौं, २५ चैत । कार्यसम्पादन समितिको टुंगो लगाउन नेपाली काँग्रेसको बैठक बसेको छ । कार्यसम्पादन समितिको टुंगो लगाउने सम्बन्धमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुसँग परामर्श गरेका छन् ।
तर, बैठकमा पूर्वमहामन्त्री कृष्ण सिटौला भने अनुपस्थित रहे । बैठकका लागि देउवा निवासबाट खबर आएपछि सिटौलाले नजाने बताएको स्रोतको दाबी छ ।
कार्यसम्पादन समितिमा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ६० र ४० को भागवण्डा गरेपछि सिटौला असन्तुष्ट देखिएको एक नेताले बताएका छन् ।



लाेकपाटी न्यूज

