राष्ट्रवादको नारा बोकेर प्रधानमन्त्रीले राष्ट्रघाती निर्णय गरेका छन् : बालकृष्ण खाँण

बालकृष्ण
लाेकपाटी न्यूज

बुटवल, २४ चैत । नेपाली कांग्रेसका प्रमूख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई कमजोर पार्ने खेल खेलिरहेको बताएका छन्। पूर्वरक्षामन्त्री समेत रहेका उनले प्रधानमन्त्रीले आफूले सेना परिचालन गर्ने निर्णय गर्नु राष्ट्रघाती भएको बताए।

नेपाली काँग्रेस तिलोत्तमा नगर सभालाई आइतबार मंगलापुरमा सम्बोधन गर्दै खाँणले राष्ट्रवादको नारा बोकेर प्रधानमन्त्रीले राष्ट्रघाती निर्णय गरेको बताए । नेपाली काँग्रेसका तत्कालीन सभापति स्व.सुशील कोइरालाले शिल्यान्यास गर्नु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कम्युनिष्ट सरकारले ढिलाइ गरेको बताए । उनले नेताका छोराछोरी ठेकेदार हुँदा विमानस्थल निर्माणमा ढिलाइ भएको अरोप लगाए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले अहिलेको सरकारले भ्रष्ट्रचारलाई प्रोत्साहन गरेको बताए । वाईडवडी प्रकरणमा सरकारले छानविन नगरेर भ्रष्ट्रचारीलाई प्रोत्साहित गरेको बताउँदै अहिलेको सरकारले संविधानको समेत उल्लंघन गरेको बताए ।

कांग्रेसमा सबै नेताले एकले अर्कालाई बिग्रार्न खोज्दा कांग्रेस कमजोर बनेको नेता विश्वकर्माले बताए। नेपाली कांग्रेस कमजोर हुँदा कम्युनिष्ट बलियो बनेको उनको भनाई छ। प्रतिनिधिसभाका सार्वजनिक लेखा समितिका सभापति तथा नेपाली कांग्रेसका नेता भरतकुमार शाहले अहिलेको सरकारले एनसेलको टावर बचाउ गर्न नसक्नेले विदेशी लगानी भित्र्याउन नसक्ने बताए ।

भूमि ब्यवस्था सम्बन्धी ऐन सरकारले ल्याएर उद्योगी र मध्यमवर्गलाई कङ्गाल पार्न खोजेको बताउँदै देशमा गरिब जनतालाई सम्पन्नता नबनाउँदा सम्म देश समृद्ध बन्न नसक्ने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्