‘कांग्रेस गुटगत भासमा फस्यो’ : महेश आचार्य

mahesh aacharya
लाेकपाटी न्यूज

बाग्लुङ, २४ चैत । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले पार्टी गुटगत भासमा फसेको बताएका छन्। नेपाल प्रेस युनियन बाग्लुङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले चुनावपछि काङ्ग्रेस पार्टीभित्रकै गुटगत हलचलबाट गुज्रेको उल्लेख गरे ।

उनले भने, ‘गुटगत विभाजनबाट काङ्ग्रेसलाई बाहिर निकाल्न कोशिस भइरहेको छ । पार्टी कमजोर भएका कारण प्रतिपक्षीको भूमिका पनि अर्थपूर्ण हुन सकेको छैन।’

पूर्वअर्थमन्त्री समेत रहेका नेता आचार्यले मुलुकको समृद्धिका लागि विदेशी लगानी र प्रविधि भियाउनुपर्नेमा जोड दिए। सरकारले गरेको लगानी सम्मेलनबाट अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह भएको पनि बताए। उद्योगी, व्यवसायीलाई लगानीका लागि उत्प्रेरित गर्ने गरी नीतिगत र संरचनागत सुधार गर्नुपर्नेमा उहाँले जोड दिउ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्