शिक्षकको लागि मासिक दश हजार सहयोग गर्ने वडा अध्यक्ष श्रेष्ठको घोषणा

IMG_6460
लाेकपाटी न्यूज

तनहुँ, २४ चैत्र । तनहुँको व्यास नगरपालिका वडा न. ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठले आफ्नो तलब बापत आउने रकम आफ्नै वडामा रहेको शुक्र आधारभुत बिद्यालयलाई मासिक १० हजारको दरले एक बर्ष सम्ममा एक लाख बिस हजार दिने घोषणा गरेका छन् ।शुक्र आधारभुत बिद्यालयको शनिबार सम्पन्न अभिभावक भेलाका क्रममा अध्यक्ष श्रेष्ठले उक्त घोषणा गरेका हुन ।

वडा अध्यक्ष श्रेष्ठले आफ्नो तलब मध्येबाट मासिक दस हजार रुपैयाँको दरले २०७६ सालको शैक्षिक सत्रबाट एक बर्ष सम्म दिने घोषणा गरेका छन् । श्रेष्ठले अंग्रेजी विषय पढाउने निजि शिक्षक नियुक्तिको लागि उक्त रकम सहयोग गरेको बताए थिए ।

सोही अवसरमा श्रेष्ठले बारा र पर्सामा आएको हावाहुरीबाट भएको जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई आफ्नो एक महिनाको तलब बराबरको १९ हजार ८ सय समेत सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्