काठमाडाैं । मानिसको पिसाबको रंग शरिरको अवस्था अनुसार फरक फरक हुन्छ । त्यसैले पिसाबमा भएको रंगले शरिरमा भएको परिवर्तनलाई संकेत गरेको हुन्छ । पिसाबको रंगले शरिरमा भएको कस्तो परिवर्तन अथवा रोगको संकेत गर्छ भन्ने कुरा जानौं ।
रंगहिन पारदर्शी पिसाब
यदि हाम्रो पिसाब रंगहिन पारदर्शी छ भने यो पनि राम्रो संकेत भने होइन । यसको अर्थ हो तपाईले धेरै पानी पिउँनु भएको छ र पानीको मात्रा घटाउँनु पर्ने भएको छ । कतिपयलाई यो पनि भ्रम हुन सक्छ पानी झैँ रंगहिन पिसाब हुनु राम्रो कुरा हो तर यो गलत हो । किनकि, भनाई नै छ अतिले खति गर्छ । पिसाब सामान्य अवस्थामा पिसाब जस्तै हुनु पर्छ । एकदमै बढि पानी पिउँदा किड्नीले रगत छान्न पाउँदैन र रगत शुद्ध हुन समस्या हुन्छ ।
फिक्का पराल रंग
स्वास्थ्य मानिसको पिसाब फिक्का पराल रंगको हुन्छ । यसले तपाईको स्वास्थ्य ठिक छ र पानीको मात्रा पनि ठिक्क छ भनने बुझाउँछ । आवश्यकता भन्दा बढि पानी पिउनुले पनि हाम्रो शरिरलाई असर गरिरहेको हुन्छ ।
गाढा पहेँलो
यदि तपाईंको पिसाब गाढा पहेँलो छ भने यसले तपाईको स्वास्थ्य सामान्य अवस्थामा छ तर तपाईको शरिरमा पानीको मात्रा अलिक कम छ भन्ने बुझाउँछ । यस्तो अवस्थामा पानीको मात्रा हलुका बढाउनु पर्छ ।
मह रंग
यदि तपाईंको पिसाबम ह जस्तो रंगमा आउँछ भने त्यसले तपाईंको शरिरमा पानी कम भएको संकेत गर्छ । यस्तो अवस्थामा हामीले प्रशस्त मात्रामा पानी पिउनु पर्छ ।
खैरो जाँड रंग
यदि तपाईंको पिसाब खैरो अथवा जाँड रंगको छ भने यसले तयाईंको कलेजोमा समस्या भएको संकेत गर्दछ । अथवा तपाईंलाई नीर्ज्लिकरण भएको हुन सक्छ । यस्तो अवस्थामा पनि हामीले प्रशस्त मात्रामा पानी पिउनु पर्छ ।
फिक्का गुलाबी
के तपाईले ऐसेलु वा काफल खानु भएको थियो ? होइन भने, तपाईको पिसाबमा रगत आएको हुन सक्छ वा यसले मृगौलाको समस्यालाई संकेत गरेको हुन सक्छ । त्यसैले तुरुन्तै अस्पताल गइ चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।
सुन्तला रंग
सुन्तला रंगको पिसाब दुइवटा कुरा संकेत गर्छ । पहिलो, तपाईले पर्याप्त पानी पिउँनु भएको छैन । दोस्रो, तपाईको कलेज खराब भएको हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त ै चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।
हरियो अथवा निलो रंग
हरियो अथवा निलो रंगको पिसाब आउनु दुर्लभ मानिन्छ । यस्तो रंगिन पिसाब आउँनु दुर्लभ अनुवांशिक समस्या पनि हुन सक्छ । आफ्नो परिवारमा अरु कसैलाई यस्तो भएको थियो कि थिएन भनेर सोधिखोजी गर्नुहोस् । कुनै व्याक्टेरियल इन्फेक्सन वा औषधीका कारणले पनि यस्तो हुन सक्छ । जुन अवस्थामा पनि चिकित्सकसँग सल्लाह लिनु उचित हुन्छ ।
वैजनी रंग
चिन्ता नलिनुहोस्, यस्तो वैजनी रंगको पिसाब कहिलै देखिदैन । वरिपरीको प्रकाशको कारणले यस्तो देखिएको हुन सक्छ ।
फिँजयुक्त पिसाब
तपाईको खानामा प्रोटिनको मात्रा बढि भएका पिसाबमा बढि फिँज देखिन्छ तर सँधै जसो पिसाबमा फिंज देखिन थाल्यो भने चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।
शरीरमा पानीको कमी हुँदा देखिने लक्षणहरु
हामीले पर्याप्त मात्रामा पानि पिउने गरेका छैनौं । राम्रैसँग थाहा छ कि हामीले पर्याप्त मात्रामा पानी पिउनुपर्छ, तर पनि अनेक कुरामा अल्झेर हामी पानी पिउनुलाई हाम्रो दैनिकीको प्राथमिकतामा पार्न असफल हुन्छौं । यसको परिणाम हामी आफ्नो शरीरमा विभिन्न परिवर्तन आइरहेको अनुभव गर्न थाल्छौं ।
एउटा वयस्क औसत मानव शरीर ५५ देखि ६० प्रतिशत पानीले बनेको हुन्छ । यसले मानव शरीरमा पानीको कति महत्व छ भन्ने दर्शाउँछ । त्यसैले हाम्रा सवारीसाधनले मोबिल वा तेल सकिएपछि देखाउने लक्षण जस्तै पानीको कमी हुनासाथ हाम्रो शरीरले पनि त्यस्ता लक्षण देखाउन थाल्छ ।
यस्ता लक्षण देखिएपछि हामीले शरीरमा तरल पदार्थ खासगरी पानीको आवश्यक मात्रा पूर्ति गर्न दैनिक पर्याप्त पानी पिउन जरुरी छ । शरीरमा आवश्यक पानीको मात्रा पुगेरनपुगेको कसरी थाहा पाउने ? तलका लक्षण देखिएमा तपाईंको शरीरमा पानीको मात्रा कम भयो भनेर बुझे हुन्छ ।
छाला सुख्खा हुनु
लोसनले पनि काम नगर्न ऋतुअनुसार हाम्रो छालामा परिवर्तन आउनु सामान्य हो । जाडोमा हाम्रो छाला सुख्खा र निर्जीवजस्तै हुन्छ । छाला सुख्खा हुँदा यसमा सिबम (छालामा रहेको ग्रन्थीबाट निस्कने चिल्लो पदार्थ) को कमी हुन्छ र यस्तो अवस्थामा छालाको चिल्लोपना कायम राख्न पर्याप्त मात्रामा मोस्चराइजर लगाउनु पर्छ ।
यसबाहेक अरु बेला मोस्चराइर लगाइरहँदा पनि तपाईंको छाला सुख्खा हुन्छ र फुट्छ भने तन्तनी पानी खानु भए हुन्छ । जब पानीको कमी भएपछि छालाले स्वाभाविक चमकरसौन्दर्य गुमाउँछ, त्यसबेला छालालाई सबैभन्दा बढी पानी नै चाहिन्छ ।
मुख सुक्नु र धेरै तिर्खा लाग्नु
कतिपयले ख्याल नगर्ने तर शरीरमा पानी कम भएको अर्को लक्षण हो, मुख तथा जिब्रो सुख्खा हुनु र टाँसिनु । साथै यसको अर्को लक्षण धेरै तिर्खा लाग्नु । दुवै अवस्थामा शरीरमा पानीको कमी पूरा गर्न पानी खाइहाल्नुहोस् किनभने मुख मरुभूमिजस्तो सुख्खा भयो भने मुख नराम्ररी गन्हाउँछ ।
यो लक्षण उल्लेख गर्नु किन पनि आवश्यक छ भने मुख सुक्नु र धेरै तिर्खा लाग्नु अर्को कुनै गम्भीर रोगको लक्षण पनि हुनसक्छ । केही दिन पर्याप्त पानी पिउँदा पनि यी लक्षण कायम रहे चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।स्वास्थ्य खबरपत्रिकामा खबर छ ।
टाउको दुख्नु
टाउको दुख्नु शरीरमा पानीको मात्रा कम भएको अर्को लक्षण हो। चड्किएर दुखेको टाउको मिनेटैपिच्छ झन् झन् फुट्ला जस्तो गरि बढ्छ भने पानीको कमी भएको बुझ्नु पर्छ । यस्तो बेला एकाग्र हुन नसक्ने र धैर्य गुम्दै जान्छ । पर्याप्त पानी पिए यी समस्या हट्ने मात्र होइन उपचार नै हुन्छ ।
नेस्नल हेडेक फाउन्डेसन (एनएचएफ)का अनुसार टाउको दुखाइ कुनै व्यक्तिको शरीरमा पानीको मात्रा कम भइरहेको सामान्य लक्षण हो । साँच्चै भन्ने हो भने शरीरमा पानीको कमीले माइग्रेन निम्त्याउँछ । एनएचएफको सुझाव छ– टाउको दुखेका बेला पानीमात्र खाने र गुलिया वा नुनिला खानेकुरा नखाने । किनभने यी खानेकुराले पानीको कमी अझ बढाउँछन् ।
सधैं थकित महशुस हुनु
दैनिक रुपमा नियमित र पर्याप्त सुताइ (निद्रा) सुनिश्चित गर्नुहोस् । सधैं नियमित रुपमा पर्याप्त सुते पनि तपाईं जतिबेला पनि थकित वा अल्छी महसुस गर्नु हुन्छ भने शरीरमा पानीको कमी हुनसक्छ। थकाइले तपाईंका चेतना र एकाग्रतामा असर पार्न सक्छ । थकाइले शरीर आलस्य र असावधान बनाउने भएकाले दुर्घटनाको जोखिम पनि बढ्छ । तर दिनभर बढी मात्रामा पानी पिएर यस्तो अवस्था सुधार गर्न सकिन्छ ।
शरीरको वजन बढ्नु
तपाईं पत्याउनुहोस् नपत्याउनुहोस्, कम्मरको बढ्दो मोटाइले तपाईं पर्याप्त मात्रामा पानी खाइरहनु भएको छैन भन्ने बताउँछ । विभिन्न अध्ययनले दिनमा कम्तीमा पनि ५ सय मिलिलिटर (आधा लिटर) पानी खाँदा पनि यसले पाचन क्रिया ३० प्रतिशत बढाउने देखाएका छन् । र, यसमा कुनै आश्चर्य मान्नु पर्दैन । त्यसैले अधिकांश स्वास्थ्य तथा पोषणविदहरूले शरीरको उपयुक्त वजन बढ्न नदिन वा वजन घटाउन पानीको मात्रा बढाउने सल्लाह दिन्छन् ।
यतिमात्र होइन उनीहरू शरीरमा पानीको अलिकति पनि कमी हुनासाथ मस्तिष्कमा मिश्रित संकेत पुग्ने र हामीले भोक लागेको अनुभव गर्छौं, जबकि हामीलाई खानेकुराको नभएर पानी चाहिएको हुन्छ भन्छन् । तपाईंले भोजन गर्नुअघि एक÷दुई ग्लास पानी खानु भयो भने यसले तपाईंको भोजनको मात्रा घटाउँछ, अर्थात तपाईं धेरै खान सक्नुहुन्न ।
अपचको समस्या
यसो भन्नु अलि बढी नै पनि हुन सक्छ कि तपाईंलाई शौचालयमा पेट खाली गर्न धेरै समय लागिरहेको छ भने शायद तपाईंले पानीको मात्रा बढाउन आवश्यक छ । तपाईंको शरीरलाई पचिसकेको खानेकुरा पेटबाट बाहिर निकाल्न तरल पदार्थको आवश्यकता परेको कब्जियत भएबाट सहजै बुझ्न सकिन्छ । दीर्घ कब्जियतरअपचको कारण नै पानीको कमी हो ।
पाचन क्रिया सहज बनाउन र कब्जियतरअपचको समस्या आउन नदिन पर्याप्त पानी पिउनु नै एकमात्र सजिलो उपाय हो । पानीको मात्रा बढाउनासाथ तपाईं आफैं कब्जियत कम हुँदै गएको अनुभव गर्न सक्नु हुन्छ । कब्जियत कम भएन भने चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।
मुत्रनलीको संक्रमण
मुत्रनलीको संक्रमण अत्यधिक कष्टदायक हुन्छ भन्ने एकपल्ट यसको अनुभव गरिसकेका व्यक्तिसँग सोधे प्रष्ट हुन्छ । युटिआई (युरिनरी ट्र्याक्ट इन्फेक्सन) विभिन्न कारणले हुने भए पनि प्रायः हाम्रो शरीरमा सहवास वा यौनांग र मलद्वारको राम्ररी सफाइ नगर्दा ब्याक्टेरिया प्रवेश गरेपछि हुने गर्छ ।
मुत्रनलीमा संक्रमण हुने अर्को मुख्य कारण पानीको कमी हो । पर्याप्त पानी पिउनाले मुत्रथैलीबाट ब्याक्टेरिया पानीले बगाएर बाहिर निकाल्छ र ब्याक्टेरिया मुत्रथैलीमा फैलन पाउँदैन ।
शरीरमा पानीको कमी भएको एउटा लक्षण पिसाबको रंग गाढा हुनु वा पिसाब कम लाग्नु वा पिसाब पोल्नु पनि हो । यस्तो लक्षण देखिनासाथ पानीको मात्रा बढाउनुहोस् र यसपछि पनि यी लक्षण कम नभए चिकित्सकसँग परामर्श लिनु जानु पर्छ ।
झर्किने र झन्किने
तपाईं जतिबेला पनि अप्रसन्न हुन थाल्नुभयो, झर्किन र कसैले केही बोल्नासाथ झनक्क झन्किन थाल्नुभयो भने पनि शरीरमा पानीको कमी भयो भनेर बुझ्नुपर्ने हुन्छ । तपाईंलाई आश्चर्य लाग्ला यस्तो बेला तपाईंलाई अरु केही होइन, एक गिलास पानीको आवश्यकता छ यी समस्याको समाधान गर्न भन्यो भने ।
केही अध्ययनले सामान्य डिहाइड्रेसनले पनि स्नायविक÷मानसिक परिवर्तन हुने र त्यसको प्रभाव हाम्रो मानसिक क्षमता र एकाग्रतामा पर्नुका साथै झर्किने र झनक्क रिसाइहाल्ने जस्ता परिवर्तन हुने देखाएका छन् ।
यसभन्दा पनि उदेकलाग्दो त के छ भने हाम्रो शरीरमा आवश्यक पानीको मात्राभन्दा १ प्रतिशत मात्र पानीको कमी हुँदा समेत यस्ता नकारात्मक प्रभाव पर्छ । त्यसैले फेरि पनि तपाईं धेरै झर्किन र झनक्क रिसाउन थाल्नुभयो अनि त्यसको कुनै कारण पत्ता लगाउन सक्नु भएन भने थपक्क एक(दुई ठूलो गिलास पानी पिइहाल्नुहोस् र आफ्नो मुड ठीक पार्नुहोस् ।
मांसपेशी बाउँडिने
मांसपेशी एकै ठाउँमा डल्लो पर्नु वा खास गरी पिंडुला बाउँडिनु कष्टदायक हुनुका साथै लाजमर्दो हुन्छ । यस्तो बेला अधिकांश व्यक्ति शरीर तन्काउने वा मालिस गर्ने गर्छन् । तर यसको उपचार अत्यन्त सरल छ, पानी पिउनु । किनभने शरीरमा पानीको कमी भएपछि नै मांसपेशी बाउँडिने गर्छ ।
कतिपय यसमा असहमत होलान्, तर विभिन्न अध्ययनले पानीको कमी (डिहाइड्रेसन) र मांसपेशी बाउँडिनुबीच सम्बन्ध देखाएका छन् । किनभने हामीले थोरै पानी खाँदा रक्त सञ्चार नै मन्द हुन्छ। डिहाइड्रेसन भएपछि मस्तिषकले महत्वपूर्ण अंग बचाउन शरीरमा भएको तरल पदार्थरपानी मांसपेशीबाट त्यता पठाउँछ र मांसपेशी बाउँडिन्छ ।
पानीको कमीले शरीरमा हुनुपर्ने सोडियम र पोटासियमको मात्रा तलमाथि हुन थाले स्थिति अझ बिग्रन्छ । त्यसैले पर्याप्त पानी खान अत्यन्त महत्वपूर्ण छ, खासगरी गर्मीमा र व्यायामका बेला । पर्याप्त पानी खाएको कसरी थाहा पाउने दैनिक कति पानी पिउनु पर्छ भन्ने सम्बन्धमा अनेकौं भनाइ छन् ।
पछिल्लो समय भएका अध्ययनले भने लिंग र शरीरको आकाररवजन अनुसार पिउन आवश्यक पानीको मात्रा बताउने गरेका छन् । उदाहरणका लागि एक जना साढे ६ फिट अग्लो पुरुषले दैनिक ८ ग्लास पानी पिउनु कम हुनसक्छ भने ४ फिट १० इन्च अग्ली महिलाका लागि यति नै पानी पिउनु धेरै हुन सक्छ ।



लाेकपाटी न्यूज

