यसरी बन्दैछ तुइनमुक्त नेपाल

kp oli tuin
लाेकपाटी न्यूज

काठमाडौं, २४  चैत। मुलुकलाई तुइनमुक्त बनाउने कार्य अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका अठोट अनुसार झोलुङ्गे पुलबाट विस्थापित गरेर तुइनमुक्त बनाउने कार्य अन्तिम चरणमा पुगेको हो।

तुइनको पहिचान भई झोलुङ्गे पुल बनाउन सम्भव भएका स्थानहरुमा आगामी आर्थिक वर्षभित्र तुइन विस्थापित गर्ने कार्य पूरा हुने भएको छ। अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेका तुइनलाई झोलुङ्गे पुलबाट विस्थापित गरेर मुलुकलाई तुइनमुक्त बनाउन लागिएको हो।

प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा सिंहदरबारमा पदभार ग्रहण गर्दै मुलुकमा रहेका तुइन दुई वर्षभित्रमा झोलुङ्गे पुलले विस्थापित गरिने सरकारको पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्