खुट्टा गुमाएकी एनिसकाे सगरमाथा चढ्ने सपना

mountainer
लाेकपाटी न्यूज

काठमाडौं । एक हेलिकप्टर दुर्घटनामा देब्रे खुट्टा गुमाएकी क्रिस्टी एनिस सगरमाथा चढ्ने तयारीमा छिन् । अमेरिकी सेनामा काम गर्दा अफगानिस्तान खटिएकी क्रिस्टी एनिसले सन् २०१२ मा भएको हेलिकप्टर दुर्घटनामा खुट्टा गुमाएकी हुन् ।

एनिसले अपाङ्गता भएका युवतीहरुलाई प्रोत्साहन गर्न पर्वतारोहण गर्ने लक्ष्य बनाइन् र हिमाल चढ्न थालिन् । सातै महादेशका उच्च शिखरहरु चढ्ने लक्ष्य राखेकी उनले ती मध्ये ५ वटा हिमालको सफल आराहण गरिसकेकी छिन् ।

२८ वर्षीया क्रिस्टीले अहिलेसम्म पाँचवटा हिमालको सफल आरोहण गरिसकेकी छन्। । अब उनको लक्ष्य सगरमाथा आरोहण गर्ने रहेको छ । उनले भनिन्, ‘ खुट्टा गुमाएपछि मलाई जीवनमा नया कुराहरुमा प्रयत्न गर्ने प्रेरणा मिल्यो । मैले चाहेको जे पनि गर्न सक्छु भन्ने आत्मविश्वास पाएकी छु ।’

‘म यी सबै हिमालहरु चढेर किसोरीहरुका लागि प्रेरणको श्रोत बन्न चाहान्छु,’ उनले भनिन्, ‘अपाङ्गता भएका व्यक्तिहर बाहिर निस्कन सक्छन् । सामान्य र सुखी जीवन बिताउन सक्छन्, भन्ने देखाउन चाहान्छु ।’ दुर्घटनामा खुट्टा गुमाए पनि धेरै कुरा सिक्न पाएको उनी बताउँछिन् ।