भालेलाई जुवा खेलाउने समूह पक्राउ

maxresdefault-6
लाेकपाटी न्यूज

काठमाडौं,चैत। भारतले हालै कुखुराका भाले पक्राउ गरेको छ। गत वर्ष भारतमा एउटा गधा पक्राउ गरी हिरासतमा थुनिएको खबर आएको थियो।

गधा पक्राउको किर्तिमान तोड्दै भारतको हरियाणामा हालै ६ वटा कुखुरा पक्राउ परेका छन्। पुलिसले ती कुखुरालाई पक्राउ गरी हिरासतमा राखेको हो। पुलिसले कुखुरा पक्राउ गर्नुको कारण रोचक नै छ। वास्तवमा ती कुखुराका भालेलाई स्थानीय एक समूहले जुधाएर जुवा खेलाउने गरेको थियो ।

भाले जुधाएर जुवा खेल्ने गरिएको उजुरी पुलिसमा परेपछि पुलिसले त्यस्तो कार्यमाथि निगरानी सुरु गर्यो। त्यसपछि एकदिन पुलिसले कुखुरा जुधाएर जुवा खेलाउने समूहलाई पक्राउ गर्यो । त्यसक्रममा उक्त स्थानमा रहेका ६ वटा कुखुराका भाले पनि पक्राउ गरिएको हो ।

जुवाडेहरुबाट नगद र गाडीहरु समेत बरामद गरिएको छ। पक्राउ गरिएका कुखुराका भालेको स्वामित्व कसैले नलिएसम्म ती भालेहरुलाई पुलिस चौकीमै राखिने बताइएको छ।