यी हुन् कलेजो सफा राख्ने ११ खानेकुरा

Human Liver Anatomy
लाेकपाटी न्यूज

काठमाडौं । हाम्रो शरीरको महत्वपूर्ण अंगमध्ये कलेजो पनि एक हो । कलेजोले हाम्रो शरीरमा रगतलाई शुद्ध पार्ने काममा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

यसमा कुनै प्रकारको समस्या आए शरीरको सम्पूर्ण रक्तसंचारमा असर पदर्छ । तसथ, यसको सुरक्षाका बिषयमा जानकारी लिनु आवश्यक छ । कलेजोलाई सुरक्षित र सफा राख्न हामीले खाने विभिन्न खानेकुराले सहयोग गरिरहेका हुन्छन्। कलेजोको सफाइमा मद्दत गर्ने केही खानेकुराहरु यस्ता छन्ः

प्याज : प्याजमा लिभर इन्जाइमलाई सक्रीय बनाउने क्षमता हुन्छ, जसले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ। यसमा अधिक मात्रामा हुने अलाइसिन र सेलेनियम नामक दुई वटा प्राकृतिक तत्वले कलेजोलाई सफा पार्न सघाउँछ।

अंगुर : अंगुरमा भिटामिन सि र एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ, जसले कलेजोलाई प्राकृतिक रुपमा सफा पार्छ। एक गिलास अंगुरको रसले कलेजोलाई विषाक्तमुक्त गर्ने इन्जाइम उत्पादनमा सहयोग गर्छ।

चुकन्दर र गाँजर : यी दुवैमा बेटा क्यारोटिन उच्च मात्रामा पाइन्छ। त्यसैले चुकन्दर र गाँजरको सेवनले कलेजोले काम गर्ने क्षमता बढाउँछ।

ग्रीन टी : यो कलेजोको स्वास्थ्यका लागि उपयुक्त पदार्थ हो। यसमा क्याटेचिन्स नामक एन्टिअक्सिडेन्ट पाइन्छ, जसले कलेजोलाई सहयोग गर्छ। ग्रीन टी स्वादिष्ट मात्र नभएर यसले समग्र डाइटमा पनि वृद्धि गर्छ। तर ख्याल गर्नुहोला एकै पटक धेरै ग्रीन टी पिउनु हुँदैन।

हरिया सागसब्जी : कलेजो सफा गर्ने शक्तिशाली खाद्यपदार्थमा हरिया सागसब्जी पनि पर्छन्। काँचै खाँदा, पकाएर खाँदा या जुस बनाएर जसरी खाएपनि यो कलेजोको स्वास्थ्यका लागि उपयोगी हुन्छ। यसमा क्लोरोफिल्स पाइने भएकाले रगतबाट वातावरणीय विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ।

एभोकाडो : पोषकतत्वले भरपूर फलफूल हो एभोकाडो । एभोकाडोले कलेजो सफा गर्न आवश्यक तत्व ग्लुटाथाइन उत्पादन गर्न सहयोग गर्छ।

स्याउ : स्याउमा पेक्टिन नामक तत्व उच्च मात्रामा पाइने भएकाले पाचन प्रणालीबाट विषाक्त पदार्थ सफा गर्छ।

जैतुनको तेल : जैतुनको तेलले पनि शरीरमा भएका हानिकारक पदार्थ निकाल्न मद्दत गर्छ।

ब्रोकाउली र काउली : यी तरकारीले शरीरमा ग्लुकोसिनोलेट नामक तत्व वृद्धि गर्छन्, जसले कलेजोमा इन्जाइमको काम गर्छ। यी प्राकृतिक इन्जाइमले शरीरबाट कार्सियोजिन्स र अन्य विषाक्त पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ। यसबाट क्यान्सर हुने खतरा पनि कम हुन्छ।

कागती : सिटरस जातका फलफूलमा उच्च मात्रामा भिटामिन सि पाइन्छ। बिहान नियमित रुपमा कागती पानी पिउनाले कलेजोलाई राम्रोसँग काम गर्न मद्दत गर्छ।

बेसार : बेसारले पनि शरीरबाट विषाक्त पदार्थ हटाउन कलेजोलाई सहयोग गर्छ। यसले शरीरबाट कार्सियोजेन्स हटाई क्यान्सर लाग्ने सम्भावनालाई पनि न्यून गर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्