काठमाडौं, २३ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका क्याफे सञ्चालक सुवास श्रेष्ठ पक्राउ परेका छन । ३६ लाख ६१ हजार नेपाली रुपैयाँ बराबर विभिन्न देशका मुद्रासहीत श्रेष्ठ र उनकाे परिवार पक्राउ परेकाे हाे ।
उनीहरूका साथबाट ३६ लाख ६१ हजार नेपाली रुपैयाँ बराबर विभिन्न देशका मुद्रा बरामद भएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए । थाइ एयर फ्लाइट नम्बर टीजी ३२० विमानबाट बैंककतर्फ जान लागेको अवस्थामा श्रेष्ठसहित उनका परिवारका पाँच जनालाई शनिबार बिहान पौने २ बजे नियन्त्रणमा लिइएको एसएसपी भण्डारीले जानकारी दिए ।
४६ वर्षीया उमादेवी श्रीमती, १७ र ४ वर्षका दुई छोरी र ११ वर्षीय छोरासहित बैंकक उड्न लागेका बेला अवैध विदेशी मुद्राहरूसहित ४८ वर्षीय सुवास श्रेष्ठलाई पक्राउ गरिएको हो । श्रेष्ठको साथबाट चिनियाँ युआन ९१३ लाख २० हजार रूपैयाँ०, अमेरिकी डलर १० हजार (११ लाख ९२ हजार रूपैयाँ), थाई भाट २२ हजार १५० (७७ हजार ३१ रूपैयाँ) र युरो १ हजार ३८० (१ लाख ७१ हजार रूपैयाँ) बरामद भएको विमानस्थल प्रहरीले जानकारी दिएको छ।
त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको गेट नम्बर ५ मा रहेका श्रेष्ठलाई शंका लागेर चेकजाँच गर्दा उक्त विदेशी मुद्राहरू बरामद भएको विमानस्थल प्रहरीले जनाएको हो । बरामद अवैध मुद्रासहित उनलाई आइतबार राजस्व अनुसन्धान विभागमा बुझाइने छ ।



लाेकपाटी न्यूज

