काठमाडौं,२३चैत। जल तथा मौसम पूर्वानुमान महाशाखाले घर बाहिर निस्कँदा सचेत भएर बाहिर निस्कन आग्रह गरेको छ।
मौसममा खरावी आएपछि महाशाखाले सचेत हुन आग्रह गरेको हो। शुक्रबारदेखि नै देशको मौसममा खरावी आएको छ। शनिबार बिहान एकाएक अँध्यारो भएको छ। महााशाखाले मेघ गर्जनसहित भारी वर्षा हुने जनाएको छ।
त्यसैगरी देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हुरी बताससहितको वर्ष हुने सम्भावना प्रक्षेपण गरेको छ। काठमाडौं उपत्यकामा अध्यारो भएको छ भने वर्षा पनि भइरहेको छ। दिउँसो पनि देशको अधिकांश भूभागहरुमा सामान्यदेखि पूर्णतया बदली रहने जनाएको छ। उच्च हिमाली भूभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना देखिन्छ।
तराइका भूभागहरुमा हुरी बतास चल्ने संभावना देखिएको महाशाखाले जनाएको छ। शनिबार राति पनि हावाहुरीसहित मेघगर्जनसहित वर्षा हुने तथा चट्याङ पर्न सक्ने महाशाखाले जनाएको छ। मौसमविद्हरुले पश्चिमी बायूको असरले गर्दा नै पहिलेको तुलनामा मौसम बिग्रिएको बताएका छन्। किन बिग्रियो भनेर भन्न भने नसकिने मौसमविद्हरु बताउँछन्।
नेपालमा प्रविधिको अभावले मौसमबारे यकिन भन्न नसकिएको उनीहरुको गुनासो छ। बारा पर्सामा आएको ‘टोर्नायो’ जस्तै नेपालमा यसअघि पनि नआएको उनीहरुले बताइरहेका छन्।
तर केही मौसमविद्हरुले भने २०४४ सालमा काठमाडौंको दशरथ रंगशालामा भएको भूमरी र बारा–पर्साको भूमरीलाई एकै भनेका छन्।



लाेकपाटी न्यूज

