नेपालमा प्रशस्त सम्भावना छः मन्त्री लामा

piccc
लाेकपाटी न्यूज

काठमाण्डौं,२२चैत। प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले काम गर्ने इच्छाशक्ति हुनेका लागि नेपालमै प्रशस्त सम्भावनाहरु रहेको बताएका छन्।

शुक्रबार ललितपुरको लगनखेलमा पशु प्रजनन तथा कृतिम गर्वधान सम्वन्धी २ हस्ते तालिमको समापन गर्दै मन्त्री लामाले काम गर्ने जाँगर हुनेहरु बिदेसिनु नपर्ने बताए। उनले भने,‘नेपालमा प्रसस्त सम्भावनाहरु छन्,योजना बनाएर काम गर्नुहोस् सरकारले सहयोग गर्र्छ ।’

पछिल्लो समय व्यवसायीक र सामूहिक खेती तथा पशुपालन फस्टाउन थालेको भन्दै उनले परम्परागत खेती प्रणालिबाट कृषिमा आत्मनिर्भर सम्भव नरहेको बताए। प्रदेश ३ को कृषि मन्त्रालयले किसानलाई निरास हुन नदिने किसिमका कार्यक्रम संचालन गर्ने बताए। प्रदेशलाई संमृद्ध बनाउन कृषिबाट मात्र सम्भव भएकाले सबैको ध्यान यसमा केन्द्रित हुनुपर्ने मन्त्री लामाको जोड छ।

२ गतेदेखि संचालन भएको तालिम शुक्रबार समापन भएको हो। नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ काठमाण्डौंको आयोजनामा भएको कार्यक्रमको संयोजन पशु सेवा तालिम केन्द्र लगनखेल ललितपुर रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्