आफ्नै गारो भत्काउँदा २ छोरीको मृत्यु

56161937_881186845554482_9213874416759341056_n
लाेकपाटी न्यूज

रमेश कुमार भुसाल/पश्चिम नवलपरासी २२ चैत्र।

पश्चिम नवलपरासीको सुनवलमा घरको गारो भत्काउने क्रममा च्यापिएर दुई बालिकाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

सुनवल नगरपालिका– १० गैंडाखालस्थित कर्णबहादुर थापा क्षेत्रीको इट्टा र माटोले बनेको पुरानो घरको गारो भत्काउने क्रममा सोही स्थानका दुई बालिकाको मृत्यु भएको हो। यसैगरी सँगै खेलिरहेका सोही स्थान बस्ने सविता भुसालकी ६ वर्षीया छोरी समीक्षा भुसाल र उमेश खत्रीकी ५ वर्षीया छोरी दीक्षा खत्री घाइते भएका छन्।

उनीहरुको टाउको र खुट्टामा चोट लागेको छ। घाइते दुवैको अवस्था सुधारोन्मूख छ। उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्