पढ्नुस्, तपाईको आजको राशिफल

rasifal-5
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : आकस्मिक धन लाभ हुनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिने छ। र, महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) : मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ। स्वादिष्ट भोजन पाइनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। आत्मिक सन्तुष्टि मिल्नेछ। तीर्थाटनको योगछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : गरेको काममा ढिलासुस्ती हुनेछ। विचार गरेर निर्णय लिनु उचित होला। दबाब र तनाव बढेको महशुस हुनेछ। पारिवारिक समस्या आइपर्ला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : शुभ कार्यको चर्चा चल्नेछ। अकस्मात धन(सम्पत्ति हात पर्नेछ। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। बोलीको विपरीत अर्थ लाग्न सक्नेछ। प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला। प्रेममा मनमुटाव आउला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : पारिवारिक सद्भाव बढ्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। साहित्यिक क्षेत्रमा रूची बढ्नेछ। सहयोगी हातहरू अघि बढ्नेछन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : शुभ समाचार सुन्न पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। घरमा अतिथिको आगमन हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : जोश जाँगर र हिम्मत बढ्नेछ। दैनिक कार्यहरूमा प्रगति हुनेछ। रमणीय र सुखद यात्राको योग छ। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुने छ।

मकर (भो, जा ,जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) : इच्छा र आकांक्षा पूर्ण हुनेछन्। ठूला व्यक्तिले तपाईका मेहनतको प्रशंसा गर्नेछन्। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पूरा हुनेछन्। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। पारिवारिक सहयोग मिल्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्