एजेन्सी । सामान्यतया इन्स्टाग्रामजस्ता सामाजिक सन्जालमा सबै भन्दा बढी फलोअर्स कसको हुन्छ ? सबैको साझा उत्तर हुन्छ सेलिबे्रटी तर, सुन्दा अचम्म लाग्ला एक वर्षिया एक बालिकाले सो रेकर्ड तोडेकी छिन् ।
सुन्दा अचम्म लाग्न सक्छ, तर जापानकी एक वर्षीया बेबी चान्कोका इन्स्टाग्राममा एक लाखभन्दा धेरै फलोअर्स छन् । यति मात्र होइन, उनीसँग मोडलिङ एजेन्सीले मोडलिङका लागि सम्झौता पनि गरिसकेको छ । इन्स्टाग्राममा ३ लाख ५४ हजारभन्दा धेरै फलोअर्सको हुनुको कमाल चाहिँ उनको कपाल हो । उनी अब स्याम्पुको विज्ञापनमा पनि देखिने भएकी छिन् ।
चान्को ४ महिनाकी हुँदा उनकी आमाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरिदिएकी थिइन् । रातारात त्यही फोटो भाइरल भएको थियो । उनकी आमा छोरीको प्रसिद्धीका कारण खुसी छिन् । उनले एक वर्षमा नै यति राम्रो कपाल हुने कुराले आफूलाई पनि अचम्ममा पारेको बताउँदै आएकी छिन् ।



लाेकपाटी न्यूज

