बुटबल, २१ चैत। सत्तारुढ नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टी एकता टुंगो लाग्न अझै ४ देखि ६ महिना लाग्ने बताएका छन्।
एक सातासम्म आफ्नो निर्वाचन क्षेत्रमा बसेर काठमाडौं फर्कने क्रममा बिहीबार पत्रकारहरुसंग कुरा गर्दै नेता भुसालले १० महिनासम्म एकता टुंग्याउन नसक्दा राम्रो सन्देश नगएको बताए। ‘१० महिनासम्म एकता प्रक्रियालाई तलसम्म टुंग्याउन सकेका छैनौं, एकता नहुनुका पनि आफ्नै कारण छन,त्यसैले बाहिर धेरै कुरा गरेका छैनौं’ भुसालले भने–‘तर अब ४र६ महिनामा यसले पूर्णता पाउँछ।’
तत्कालिन एमाले र माओवादी दुई पार्टीबीचको एकता टुंगो नलाग्दा विकासले गति लिन नसकेको उनको भनाइ छ। भुसालले पार्टीलाई अंध्यारोमा राखेर गरिने सम्झौता खतरनाक हुने बताए। सिके राउतसंग भएको सम्झौता सकारात्मक भए पनि प्रक्रियागत रुपमा गलत भएको उनले टिप्पणी गरे।



लाेकपाटी न्यूज

