काठमाडौं, २१ चैत । प्रहरी निरीक्षक खुल्ला प्रतियोगिताको अन्तिम नतिजा प्रकाशित भएको छ।
नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ असोज १५ गते प्रकाशित विज्ञापनअनुसार दरखास्त दिई अन्तरवार्ता लगायतका परीक्षामा सहभागी भएका उम्मेदवारहरुको अन्तिम नतिजा बिहीबार प्रकाशित गरिएको हो।
अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लगि सिफारिस भएका मुख्य उम्मेदवारहरुले आवश्यक कागजातसहित २०७६ बैशाख ५ गते बिहीबार प्रहरी प्रधान कार्यालय मावनश्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालमा सम्पर्क राख्न समेत सूचित गरिएको प्रहरीले जनाएको छ । साथै प्रहरी निरीक्षक पदको अन्तिम नतिजा तथा विस्तृत जानकारी नेपाल प्रहरीको वेभसाईटमा समेत राखिएको छ ।
नेपाल प्रहरीमा दरखास्त फारम वितरण तथा दर्ता कार्यको अवधि थप गरिएको
नेपाल प्रहरीमा प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न दरखास्त आह्वान गरिएकोमा फारम दर्ता अवधि थप गरिएको छ ।
उक्त पदहरुमा पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ फागुन १३ गते प्रकाशित विज्ञानपनमा २०७५ चैत २२ गतेसम्म दरखास्त फारम वितरण र दर्ता अवधि तोकिएकोमा पुनस्दरखास्त फाराम वितरण तथा दर्ता कार्य २०७६ वैशाख ११ गतेसम्म थप गरिएको हो ।
नेपाल प्रहरीमा योग्य, सक्षम बढीभन्दा बढी उम्मेदवारहरुलाई छनौट प्रकृयामा सहभागी गराउनका लागि सो अवधि थप गरिएको प्रहरी प्रधान कार्यालय मावनश्रोत एवं प्रशासन विभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ ।



लाेकपाटी न्यूज

