काठमाडौं, २१ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागि जर्मन राजदूत रोलान्ड सेफरबीच भेटवार्ता भएको छ । बिहीबार मन्त्री पुन र राजदूत सेफरबीच मन्त्रालयमा भेटवार्ता भएको हो ।
बिहीबार भएकाे भेटमा ऊर्जामन्त्री पुनले जर्मनीले ऊर्जा र वैकल्पिक ऊर्जाको क्षेत्रमा पुर्याउदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरेका छन् । मन्त्री पुनसँगको भेटमा जर्मन राजदूत सेफरले ऊर्जा र वैकल्पिक ऊर्जाको क्षेत्रमा सहयोग गर्न जर्मन इच्छुक रहेको धारणा व्यक्त गरे ।
राजदूत सेफरले लगानी सम्मेलन भव्य रुपमा सम्पन्न भएको भन्दै अब कार्यान्वयनको पाटोमा जोड दिनुपर्ने उल्लेख गरे।



लाेकपाटी न्यूज

