हेटौंडा, २१ चैत। हेटौंडा मनहरी गाउँपालिकाका एक वडा अध्यक्षले आफ्नै खर्चमा मोटर बाटो निर्माण गराएका छन् । निर्वाचनको क्रममा जनतासंग गरेको बाचा पूरा गर्न वडा नं १ का वडाध्यक्ष शिवप्रसाद खनालले बाटो निर्माण गराएका हुन्।
कृष्णमन्दिरदेखि भोर्ले टाँडी जोड्ने दुई किलोमिटर तथा वडा कै वर्ताझुल्यानदेखि तरुनीधारासम्मको एक हजार मिटर बाटो आफ्नै खर्चमा निर्माण गरेका हुन्। वडाध्यक्षले आफ्नै लगानीमा बाटो निर्माण गर्दा स्थानीयवासी खुशी भएका छन्।
वडाध्यक्ष खनालले वडावासीको आवश्यकता तथा विगतमा आफूले गरेको वाचा पूरा गर्न बाटो खनेको बताए। बाटोको अभावमा जनताले दुःख पाइरहेका र विभिन्न निकायबाट बजेट माग गरिरहन समय कुर्नुपर्ने हुँदा आफ्नै लगानीमा बाटो निर्माण गरेको उनको भनाई छ । विकासका लागि सरकारको मात्रै मुख नताकी सक्नेले लगानी गर्दा राम्रो हुने उनको भनाइ छ।



लाेकपाटी न्यूज

