नेपाली सेनामा आईएसआईको घुसपैठ

p-4
लाेकपाटी न्यूज

२१ चैत्र। भारतीय मिडिया कति संवेदनशिल छ भनेर नेपालमा गएको बिनाशकारी भुकम्पको समय खाएको गाली र पुलवामा आक्रमणपछि देखाएको रैवायको कारण पनि पुष्टी भईसकेको छ।

यी दुबै घटनाबाट भारतीय मिडियाको आलोचना विश्वभर भयो त्यतीमात्र होईन भारतीयहरु पनि आफनो मिडियाको आलोचना गर्छन्। मानविय संवेदना नभएको भनेर। यस्तै व्यवहार फेरी पनि भारतीय मिडियाले देखाएको छ।

भारतको चर्चित मिडिया आजतकले नेपाली सेनामा पाकिस्तानको खुफिया एजेन्सी आईएसआईको घुसपैठ भएको दाबी गरेको छ। उसले आईएसआई र नेपालको सेनाले काठमाडौँमा नेश्नल डिफेंन्स कलेज बनाउने तयारी गरिरहेको दाबी गरेको छ। चीनको साहयतामा पाकिस्तानले नेपालसंग निकटता बढाउन प्रयासरत रहेको र नेपालमा भारतको प्रभाव कम गर्न लागि परेको भन्दै समाचार प्रकासित गरेको छ।

उसले आफनो गोप्य सुत्रले दिएको सूचना भन्दै यस्तो दाबी गरेर नेपाल र नेपाली सेनाको क्षमतामा नै प्रश्न चिन्ह उठाउने काम गरेको छ। पाकिस्तानले नेपाली सेनामाथि आफनो प्रभाव जमाउन खोजेको र काठमाडौँस्थित र्पाक हाई कमिशनमा भारतबिरोधी षडयन्त्रहरु रचिरहेको दाबी गरेको छ।

आजतकले नेपालमा नेश्नल डिफेन्स कलेज खोल्नेबारेमा बैठक समेत बसिसकेको बताईएको छ। पाकिस्तानले नेपालमा रहेको भारत बिरोधी र आतंकी गुटलाई सहयोग गरिरहेको बताइएको छ। नेपाल भारत सिमामा त्यसको फाईदा उठाउँदै भारतमा आतंककारी गतिविधी चलाउन सहज होस। नेपालमा पाकिस्तानी एजेन्सीहरु भारतबिरुद्ध लगातार काम गरेको उसको भनाई छ।

यतिमात्र होईन मोरङमा लश्कर–ए–तोयबाका संदिग्ध मौलाना उमर मदनी संगठनले भारतबिरुद्ध कामहरु गरिरहेको र भारतको हानीका लागि षडयन्त्र रचिरहेको दाबी गरेको छ। आजतकले मौलाना मदनीले विदेशबाट पैसा मगाएर नेपालका मुसलमान मुस्लिम बाहुल्यता रहेको जिल्लाका युवाहरुलाई लश्करमा सामेल गराइरहेको बताएको छ।

यतिमात्र होईन भारतीय गुप्तचरको रिपोर्टका आधारमा यस्ता नेपालमा रहेका भारतबिरोध संगठनहरुलाई कतारहुँदै पैसा आउने गरेको दाबी छ। जसको प्रयोग सिमामा रहेका मस्जिदका मौलावियाहरुलाई दिएर भारतबिरोधी काम गराईरहेको उल्लेख छ।

समाचारमा नेपालमा आतंककारी संगठनहरुको पैसा विभिन्न एनजीओहरुमार्फत नेपाल भित्राउने गरेको उल्लेख छ । नेपाल भारतको खुला सिमानाको फाईदा पाकिस्तानका चरमपंथी संगठनहरुले उठाईरहेको भारतीय गुप्तचरहरुको ठम्याई छ । हुन त यसअघि पनि आईएसआईले नेपालमा रहेका एनजिओहरुलाई पैसा पठाउने गरेको अधिकारीहरुले बताएका थिए ।