चितवन, २१ चैत। नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले एक बर्षदेखि पार्टीले आफूलाई कुनै भूमिका नदिएको बताएका छन्। बिहिबार चितवनमा आयोजित एक कार्यक्रलाई सम्बोधन गर्दै नेता गौतमले सो कुरा बताएका हुन्।
‘एक बर्षदेखि म पार्टीको कुनै भूमिकामा छैन, नेता गौतमले भने’, म पार्टी भित्र बेरोजगार भएको छु । उनले आफु पार्टीको तर्फबाट जहाँ जान खोज्यो त्यहाँ आलोचना हुने गरेको बताए।
पार्टीभित्र चलाखीपन हराउँदै गएको नेता गौतमले बताए। ‘पार्टीमा सदस्यता दिने र नेता बनाउने स्मार्ट बन्दै गएको छ,उनले भने’, सिद्धान्त, त्याग र समपर्णमा लाग्ने नेताहरु कमजोर भएका छन्।’ पार्टीमा भूमिकाबिहिन हुँदाको पीडा आफूलाई मात्र थाहा भएको उनले बताए।



लाेकपाटी न्यूज

