काठमाडौं, २१ चैत। सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएका पाँच जनाविरुद्ध संसदीय सुनुवाइ समितिले सार्वजनिक उजुरी आह्वान गरेको छ।
समितिको बिहिबार बसेको बैठकले सर्वोच्च अदालतमा न्यायाधीशका लागि न्यायपरिषद्ले सिफारिस गरेको पाँच जनाबिरुद्ध कुनै उजुरी वा गुनासो भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक अनुरोध गरेको हो।
यही चैत १८ गते बसेको न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा कुमार रेग्मी, हरि फुयाँल, प्रकाश ढुंगाना, सुष्मलता माथेमा र मनोजकुमार शर्मालाई सिफारिस गरेको थियो।
उजुरी आह्वानसँगै सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिश भएकाहरुको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ। परिषदले सर्वोच्चमा पाँच जना न्यायाधीशका साथै उच्च अदालतमा १८ जना न्यायाधीश नियुक्तिको निर्णय गरेको थियो।



लाेकपाटी न्यूज

