उडान रद्दबारे छानबिन गर्न समिति गठन

Nepalairlines
लाेकपाटी न्यूज

काठमाडौं,२१चैत। नेपाल एयरलाइन्सको जहाज काठमाडौंमै रोकिएपछि त्यसको छानबिन गर्न सरकारले समिति गठन छ। मंगलबार दुबईका लागि उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको जहाज काठमाडौंमै रोकिएको थियो।

विमानस्थल र नेपाल एयरलाइन्सबीच आरोप(प्रत्यारोप भएको उडान रद्द विषयमा सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। पर्यटन मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राज्यमन्त्रीस्तरीय निर्णयबाट उक्त समिति गठन गरिएको हो।

उडान रद्द हुँदा एकातिर नेपाल एयरलाइन्सको साख गिरेको अर्कोतिर यात्रुले दुःख पाएको भन्दै सरकारले सत्यतथ्य पत्ता लगाई दोषी भेटिए कार्बाहीको सिफारिस गर्न जिम्मेवारी दिएर समिति बनाएको हो। समितिलाई भविष्यमा यस्तो अवस्था आउन नदिन गर्नुपर्ने सुधारका सुझाव दिनका लागि पाँचदिनको समयसीमा दिइएको समिति संयोजक लामिछानेले जानकारी दिए।

यात्रुको सबै परीक्षण गरेर मंगलबारराति जहाज उड्नै लाग्दा विमानस्थलले उडान रोक्न निर्देशन दिएको थियो। ९ः३५ को उडान तालिका भएको जहाज १० बजेसम्म उड्न सकेको थिएन्। विमानस्थलले अघिल्ला उडान पछि सार्दै लिएकाले नेपाल एयरलाइन्सले उडान तयारी निर्देशनअनुसार गरेको एयरलाइन्सका प्रवक्ता विजय लामाले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्